प्रदेश

कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा थापा, सचिवमा शर्मा चयन



कपिलवस्तु, १६ चैत्र । कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तु बाणगंगा नगरपालिका ३ को आयोजनामा सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले सबै व्यवसायीसंघले एकरुपता कायम गर्दै अगाडी बढ्न सके कार्यहरु सम्पादन गर्न कठिनाई नहुने बताईन् । छुट्टा छुट्टै व्यवसायी संघ गठन गर्दा सदभाव कायम नहुने भएकोले नगरपालिका भित्रका सम्पूर्ण कृषकहरु एकजुट हुनुपर्ने उनले बताईन् । हाटबजारलाई व्यवस्थित बनाउन स्थानिय सरकार तयार रहेको र केही हाटबजारहरुमा केही टहराहरु समेत निर्माण गरिएको उप प्रमुख चौधरीले बताईन् ।

कृषकहरुले उत्पादन गरेको तरकारीहरु कृषिक व्यवसायीहरुले निशुल्क रुपमा टहरामा बसेर बिक्रिबितरण गर्न सहज होस भन्ने उद्देयले टहराहरु व्यस्थापन गरिएको बताईन् । केही हाटबजारमा खानेपानी र सौचालयको आवश्यकता सहितको गुनासोहरु सुन्दै आएको हुँदा यस कृषि हाटबजार व्यवसायी संघले बिभिन्न खाल्का सेवाहरु लिनका लागि नगरपालिकामा माग गर्न आग्रह गरिन ।

यस्तै नगरपालिकाले बिभिन्न खाल्का जैबिक प्रांङ्गण मल र जैबिक बिषादीको प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले सहकारी तथा आईपीएम कक्षाहरु संचालन गर्दै आएको बताईन् । बिसानहरुको लागि उन्नत जातका बिउबिजनहरु र मिनिटिलर लगाएतका कृषि औजारहरु कृषक समूहहरुलाई सहकारी मार्फत अनुदान दिंदै आएको बताउँदै सो सेवामा कोही कृषहरु छुटेको भए आफ्नो समूह मार्फत निबेदन दिई माग गर्न समेत उप प्रमुख चौधरीले आग्रह गरिन् ।

कार्यक्रममा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुले बजारमा छ्यापछ्यापती बिक्रि हुने अखाद्यबस्तुहरुको न्यूनिकरण गर्न यस व्यवसायी संघ र उपोक्ताहरु सचेत भएर लाग्नु जरुरी भएको बताए । कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु आम उपभोक्ताहरुसंग सहज रुपमा उपलब्ध गराउनु पर्नेमा जोड दिंदै पछिल्लो समयमा बिचौलियाहरुले गर्दा व्यवसायीहरुमा समस्याहरु बढ्दै आएको हुँदा व्यवसायीहरु सो बिषयमा सचेत हुनुपर्ने बताए । कृषि हाटबजार व्यवसायी संघले बिभिन्न कार्यहरु संचालन गर्दा उद्योग व्यापार संघ कपिलवस्तुसंग सममन्वय गरे संघको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाए ।

नेपाल फार्मेसी संघ कपिलवस्तुका अध्यक्ष रमेश शर्माले कृषि व्यवसायीहरुलाई एकिकृत गर्दै उपभोक्ताहरुको हकहितको क्षेत्रमा यस कृषि हाटबजार व्यवसायी संघले कार्य गर्नुपर्ने बताए । कृषि हाटबजार व्यवसायी संघ संग नेपाल फार्मेसी संघ समन्वय गरेर बिभिन्न सचेतना मूलक कार्यहरु गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

कार्यक्रममा कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले व्यवसायीहरुको हकहितको लागि नागरिक समाज कपिलवस्तुको पूर्ण साथ सहयोग रहने बताए । हरेक किसानहरुले उत्पादन गरेका बिभिन्न खाद्यबस्तु तथा तरकारीहरुमा बिक्रिबितरण गर्दा सचेत हुनुपर्ने र बिषादी मुक्त उत्पादन सामाग्रीको बजार मूल्य निर्धारण गर्नुपर्नेमा जोडदिए ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम शाहले हाटबजारको महत्व आम नागरिकहरुले बुझ्न जरुरी भएको बताए । किसानहरुले उत्पादन गरेको सामाग्रीहरुको आधारमा उचित मूल्य निर्धारण नहुँदा कृषकहरु मारमा पर्दै आएको शाहले बताए । कृषि क्षेत्रलाई उकास्न बिभिन्न राजनैतिक दलहरु र राज्यले ध्यान दिन आबश्वयक भएको बताउँदै कृषि हाटबजारले आगामी दिनमा व्यवसायीहरुलाई जोड्दै लैजानुका साथै शुद्धपिउने पानीको महत्व समेत बुझ्न आग्रह गरे ।

यसैगरी सिद्धार्थ बजार बिकास समितीका अध्यक्ष बिस्नु थापाले किसानसंग जोडिएको यस कृषि हाटबजार व्यवसायी संघले समग्र व्यवसायीहरुको उद्देश्य र लक्ष्य हासिल गर्ने छ भन्ने बिश्वास व्यक्त गरे । कृषि व्यवसायीहरुको हकहितका लागि संघले योजना बनाएर व्यवसायलाई एकतावद्ध रुपमा अगाडी बढाउनुपर्नेमा जोडदिएका थिए ।

प्रथम साधारण सभा श्री कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा संघका कोषाध्यक्ष ललिता खरेलको स्वागत मन्तव्य तथा संघका सचिव डिल्लिराज शर्माको संचालनमा सम्पन्न कार्यक्रममा व्यवसायीसंघका पदाधिकारीहरु , व्यवसायीहरु , बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि तथा संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

यसैबिच प्रथम साधारण सभाको भेलाले ९ जनाको नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । श्री कृषि हाटबजार व्यवसायी संघको अध्यक्षमा ज्ञान बहादुर थापा निर्विरोध अध्यक्ष पदमा चयन भएका छन् । जसको उपाध्यक्षमा जमाल अहम्मद मुसलमान , सचिवमा डिल्लिराज शर्मा , सह सचिवमा टेकराज पाण्डे , कोषाध्यक्षमा ललिता खरेल चयन भएका छन् । सदस्यहरुमा लक्ष्मी सापकोटा , सुनिता पाण्डे , सारदा बिसी र बसन्ती बिक चयन भएको कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुले जनाएको छ । यसैगरी साधारण सभा तथा अधिबेसनले लेखा समिती समेत चयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष ज्ञान बहादुर थापाले श्री कृषि हाटबजार व्यवसायी संघ कपिलवस्तुलाई अगाडी बढाउन बिभिन्न संघ , सस्था र स्थानियतहसंग समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । संघको उद्देश्य भनेको स्थानिय कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै बजारीकरण व्यवस्थित गर्ने र सबैतर्फका उपभोक्ताहरुलाई सहज वातावरणको सृजना गर्ने र प्रत्येक हाटबजारमा गएर उपभोक्ताहरुलाई सेवा दिने बताए ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६