देश

त्रिशूलीमा ट्याक्सी दुर्घटना, पाँच जनाको मृत्यु एक बेपत्ता



इच्छाकामना, १७ चैत्र । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका९५ सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ।

गोरखा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको हो। यस्तै ट्याक्सीचालक सोही ठाउँका ३५ वर्षीय अर्जुन शिर्मलले पनि ज्यान गुमाएका हुन्।

१८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ। शनिवार बिहान काठमाडौंबाट गोरखा गइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो।

प्रकाशित : १७ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६