देश

जिल्लाका गौरवका योजना प्रस्ताव गर्न पालिका प्रमुखलाई मन्त्री अधिकारीको आग्रह




कपिलवस्तु १७ चैत्र ।
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले जिल्लाको समग्र विकास प्रति आफु जिम्मेवार रहेको तर्क गर्दै १० पालिकाका प्रमुखलाई जिल्लाका गौरवका योजना पेश गर्न आग्रह गरेको बताउनु भयो । नेकपा (एमाले)का केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री अधिकारीले नेकपा (एमाले) कपिलवस्तुको १३ औं पूर्ण वैठकलाई विशिष्ट अतिथीको आसनबाट शनिवार पकडीमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

मन्त्री अधिकारीले तीन खम्बे अर्थ नीतिलाई ध्यान दिदै सहकारीको भूमिकालाई अझ स्थापित गर्ने बताउनु भयो । मन्त्री अधिकारीले सहकारीको नाममा गलत गर्नेलाई निरुत्साहित गर्ने र राम्रो गर्ने सहकारीलाई प्रोत्साहन गर्ने स्पष्ट पार्नु भयो । मन्त्री अधिकारीले तत्काल सहकारी दर्ता कार्य रोकिएको बताउदै सहकारीको ब्यवस्थित योजना निर्माण गरी तिव्र गतिमा कार्य सम्पादन गर्ने दावी गर्नु भयो ।

प्रकाशित : १७ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६