प्रदेश

तिलौराकोट गोल्डकपः पहिलो खेलमा कपिलवस्तु ११ पराजित, आज मछिन्द्र एफसी र हनामी बीएफसी भिड्दै



कपिलवस्तु, १८ चैत्र । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले आयोजक कपिलवस्तु ११ लाई पराजित गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा थ्री स्टार क्लबले कपिलवस्तु ११ लाई हराउँदै ३ – ० गोल अन्तरले पराजित गरेको हो । यससँगै कपिलवस्तु ११ प्रतियोगिताबाट बाहिरिएको छ भने थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारलाई ३१ औं मिनेटमा निरज चौधरीले हेड मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पुनः ३ मिनेटको अन्तरमा दिपेश घलेले एक गोल थपेका थिए । पहिलो हाफमा २– ० गोल अन्तरले अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफ पुनः निरज चौधरीको गोलमार्फत एक गोल थप्न सफल भयो । निरज चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए ।

आज मछिन्द्र एफसी र हनामी बीएफसी चितवनबीच खेल हुने प्रतियोगिताको आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका हुन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित : १८ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६