प्रदेश

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा खरेलको प्यानल विजयी




रुपन्देही, १८ चैत्र ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिमा दधिराम खरेल नेतृत्वको प्यानल विजयी भएको छ । दुई हजारभन्दा बढी मतदाता रहेको बस व्यवसायीहरूको ठूलो प्रालिमध्येको यस प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनअन्तर्गत भएको मतदानबाट खरेल नेतृत्वको पूरै प्यानल विजयी भएको हो ।

नेतृत्वका लागि प्रालिको अध्यक्षसमेत रहेका खरेलसहितको एउटा प्यानल र पदमराज गाहा नेतृत्वको अर्को प्यानल चुनावी प्रतिस्पर्धामा थिए ।

निर्वाचनबाट प्रालिको सञ्चालकहरूमा दधिराम खरेलले एक हजार चार सय ३६, रामचन्द्र भुसाल एक हजार चार सय ६७, जीवनकुमार बन्जाडे एक हजार तीन सय ४७, गोपालबहादुर पौडेल एक हजार तीन सय ८६, सुरेन्द्र श्रेष्ठ एक हजार तीन सय ८४, मोहन पिएस एक हजार चार सय ४०, रामचन्द्र खडका एक हजार दुई सय ८३, जितेन्द्र खत्री एक हजार तीन सय ३१, नारायणप्रसाद भण्डारी एक हजार दुई सय ५१, नारायणप्रसाद घिमिरे एक हजार दुई सय ६३ र चेतनारायण बेलबासे (गोली नारायण) एक हजार तीन सय २६ मत ल्याई विजयी भएका छन् ।

अर्को प्यानलको नेतृत्व गरेका पदमराज गाहाले भने जम्मा ६ सय ५९ मत मात्र प्राप्त गरेका छन्।

प्रकाशित : १८ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६