प्रदेश

सासूआमाको स्मृतिमा अक्षयकोष स्थापना



कपिलवस्तु, १८ चैत्र । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –९ श्री मावि इमिलियामा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा अध्यापन गराउँदै आउनुभएका महिला शिक्षकले सासूआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

शिक्षक लीला सुवेदीका सासूआमा स्व। धनकुमारी भुसालको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपियाँको चेक विद्यालयमा हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाको अध्ययनमा सहयोग गर्न अक्षयकोषमा रकम सहयोग गरिएको छ ।

सासूआमाको स्मरण गर्दै ४५ दिनको पुण्यतिथिको अवसरमा सहयोग गरेको शिक्षक सुवेदीले बताउनुभयो । सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्दा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई विद्यालय टिकाउन सहज हुने विद्यालयका प्रअ खगेश्वर खनालले बताउनुभयो ।

प्रकाशित : १८ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६