प्रदेश

उत्पादनमा सहकारी जोडः लेखा संयोजक आचार्य




कपिलवस्तु, १८ चैत्र ।
उत्पादन, बजारीकरण र रोजगारीमा सहकारीको जोड आवश्यक रहेको बताउदै फरक फरक पहिचानमा काम गर्नुपर्ने बेला आएको लुम्बिनी प्रदेश सहकारी संघका लेखा तथा सुपरिवेक्षण समिति संयोजक तेज प्रसाद आचार्यले बताउनु भयो ।

संयोजक आचार्यले कपिलवस्तु बहुउद्देश्यीय संघको प्रथम भेलालाई आईतवार सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.को सभा हल जितपुरमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

भेलामा कपिलवस्तु बचत संघका अध्यक्ष धुव्र बेल्बासेले केही नगन्य सहकारीहरुका कमी कमजोरी देखाउदै राम्रो काम गरेका सहकारीहरु प्रति पनि प्रहार हुने गरेको तर्क गर्दै सहकारीमा देखा परेका समस्याको समाधानका निम्ति नव गठिन बहुउद्देश्यीय संघसंग सहकार्य गर्दै अगाडी बढने धारणा राख्नु भयो ।

कपिलवस्तु बचत संघका निवर्तमान अध्यक्ष गुणानिधी भुसालले सहकारीको संस्थागत विकास, शुसासनमा अझ बढी जोड दिनु पर्ने बेला आएको बताउनु भयो ।

जिल्ला भेला सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष लक्ष्मण बेल्बासेको अध्यक्षता, जनसेवा बहुमुखी सहकारी संस्था लि. का अध्यक्ष द्रोणराज सुवेदीको स्वागत मन्तब्य र सिनर्जी सहकारीका ब्यवस्थापक दिनामणी खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १८ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६