प्रदेश

जिल्ला स्तरीय बहुउद्देश्यीय संघको नेतृत्व चयन




कपिलवस्तु, १८ चैत्र ।
कपिलवस्तु जिल्लामा रहेका बहुउद्देश्यीय सहकारी संस्थाहरुको भेलाले सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेलाई जिल्ला तदर्थ समितिको अध्यक्षमा चयन गरेको छ ।

जसको उपाध्यक्षमा जनसेवा बहुमुखी सहकारी संस्था लि. का अध्यक्ष द्रोणराज सुवेदी, सचिवमा कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष जगत पौडेल, कोषाध्यक्षमा शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष विष्णुमाया पोख्रेललाई चयन गरेको छ ।

त्यस्तै भेलाले सदस्यहरुमा नवज्योती महिला बहुउद्देश्यीय सहकारस्ी संस्थाका अध्यक्ष तारावन्त कुमारी चौधरी, पश्चिसकुञ्ज बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष शालिकराम आचार्य, हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. का राधा सापकोटालाई सर्वसम्मत चयन गरेको छ । भेलाले केन्द्रिय प्रतिनिधीमा गुणानिधी भुसाल र प्रदेश प्रतिनिधीमा राजेन्द्र सुवेदीलाई चयन गरेको जनाएको छ । भेलाले ३ सदस्यि विनियम मस्यौदा समिति समेत चयन गरेको छ ।

प्रकाशित : १८ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६