प्रदेश

अर्घाखाँचीमा चुनढुंगा उत्खनन अनुमतिपत्र, छानबिन गर्न प्रहरीमा उजुरी



अर्घाखाँची, २१ चैत्र । भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ।

नगर प्रमुख झविलाल थापाले जिल्ला प्रहरी कार्यालयमा किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएकाले छानबिनका लागि निवेदन दिएको बताएका छन्। किर्ते गर्नेलाई कारबाही मागसहित प्रहरीमा निवेदन दिइएको उनको भनाइ छ।

भूमिकास्थान नगरपालिका– ९, सानोडेभामा रहेको चुनढुंगा उत्खनन अनुमति–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको बताउँदै आएका छन्।

नगरपालिकाले किर्ते भनेर दाबी गरेको १५ दिनपछि बल्ल नगरले प्रहरीमा उजुरी गरेको हो। चैत ५ गते नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गर्दै मेयर थापाले यो आफू र नगरमाथि षड्यन्त्र भएको र यसको कानुनी पाटोमा जाने बताएका थिए।

कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन अनुमति पत्र पाएको थियो। नगरपालिकाको कार्यालयले २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ।

मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगर प्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ। आफूहरुले कुनै पत्र नदिएको भन्दै त्यसलाई नगरले किर्ते भन्दै आएको छ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६