प्रदेश

दाङमा दुई बस एकापसमा ठोक्किँदा १३ यात्रु घाइते



घोराही, २१ चैत्र। दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ वनगाउँमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलतर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनाका सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको भए पनि घाइतेको परिचय र दुर्घटनाका कारण खुल्न सकेको छैन ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६