खेलकुद

कपिलवस्तु तिलौराकोट गोल्डकपः फाइनलमा नेपाल पुलिस क्लब 



कपिलवस्तु, २१ चैत्र । 

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब  प्रवेश गरेको छ । थ्री स्टार क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । बुद्ध रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेल बाट पुलिस फाइनलमा पुगेको हो । खेलको ५१ औं मिनेटमा विवेक पाण्डेले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । थ्रिस्टारले गोल गर्न नसकेपछि अन्ततः विवेकले गरेको गोल नै पुलिसको जितका लागी पर्याप्त हुन पुग्यो । विवेक नै ‘म्यान अफ दि म्याच’ भए । उनले ट्रफीसहित १० हजार प्राप्त गरे । पुलिसले क्वाटरफाइनल सहारा क्लब पोखरालाई हराएको थियो । थ्रीस्टार कपिलवस्तु –११ लाई उद्घाटन खेलमा ३ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । फाइनलमा पुलिसले उपाधिका लागी विहीबार हुने सेमिफाइनल खेलको विजेतासंग भिड्ने छ । प्रतियोगिताको दोस्रो सेमिफाईनल भोलि विहिबार सुदूरपश्चिम ११ र हनामी विएफसी चिवतनबीचको हुदैं छ । 

सुदूरपश्चिमले क्वाटरफाईनलमा आर्मीलाई टाई ब्रेकरमा हराएको थियो भने हनामीले मछिन्द्रलाई सड्न डेथमा हराएको थियो । प्रतियोगिताको फाईनल खेल यही चैत्र २४ गते शनिबार हुने अध्यक्ष तिलक थापाले जानकारी दिए । प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६