देश

प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय



काठमाडौँ, २२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टी पदाधिकारी तथा शीर्ष नेताको बैठकले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको पार्टीका एक शीर्ष नेताले देश सञ्चारलाई जानकारी दिए।हो,ती नेताले भने।

‘सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टीले निर्णय गरेको हो’ती नेताले भने।

उनका नेताका अनुसार राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने भने पनि सत्ता गठबन्धनबाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे भने राप्रपाले स्पष्ट भइसकेको छैन।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६