प्रदेश

किताब बेच्ने अभियानमा महावीर पुन आज कपिलवस्तु आउँदै



कपिलवस्तु, २२ चैत्र । अभियान्ता महावीर पुन आज कपिलवस्तु आउने भएका छन् । किताब बेच्ने अभियानको क्रममा साँझसम्म उनी कपिलवस्तु आउने भएका हुन् । साझ बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा आउने पुनले फेसबुकमार्फत् जानकारी दिए ।
उनले लेखेका छन् ‘आज बेलुकासम्म कपिलवस्तुको गोरुसिंगे पुगिने छ । तानसेन बजारबाट बुटवलतिर झर्दा बाटोमा पर्ने बजारहरु डुम्रे, गौडेपुल, केराबारी, जोरधारा,तिर किताब बेच्न चाहनेले ९८४१५९२३६१ मा सम्पर्क गर्नुहोला’ भनेर लेखेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्र संचालन गरिरहेका पुनले किताब बेचेको पैसाले त्यसैको विकासमा खर्च गर्ने जनाएका छन् । उनको महावीर पुन, सपना, सम्झना र नामक किताब प्रकाशित छ । उनको किताब बेच्ने तरिका निकै गज्जवको छ । उनले अहिलेसम्म करिब ३ हजार पुस्तक बेचिसकेका छन् ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६