प्रदेश

लुम्बिनीमा यस्तो छ नयाँ सत्ता गठबन्धनको ५ बुँदे समझदारी



कपिलवस्तु, २२ चैत ।

लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबिच सहमति भएको छ । सत्तासाझेदार दलहरुबिच बिहीबार नयाँ सरकार गठनका लागि साझा ढंगले अगाडि बढ्ने सहमति भएको हो ।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । ती दलहरुबीच सरकार सञ्चालनका लागि ५ बुँदे समझदारी समेत बनेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ने.क.पा. (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको दलका नेता जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दैछन् । दलहरुबिच प्रदेशमा हुने राजनीतिक नियुक्तीहरु सत्ता साझेदार दलहरुको अपनत्व हुने गरी गर्ने समझदारी पनि भएको छ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६