प्रदेश

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रीले दिए राजीनामा




कपिलवस्तु, २२ चैत्र। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सरकार ढल्ने भएपछि लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि ब्यबस्थापन मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने भएपछि आजै पदबाट राजीनामा दिने तयारी गरेको अवस्थामा मन्त्री अहिरले आफ्नो पदबाट राजीनामा दिएका हुन् । अहिरको पार्टी जनता समाजवादी पार्टी ९जसपा० लुम्बिनी संसदीय दलको बैठकले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ गठबन्धनको सरकारमा सहभागी हुने तयारीका लागि मन्त्री अहिरले राजीनामा दिएका हुन् । अहिर बाँके २ ९क० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आज दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिनेभएका हुन् । गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । प्रदेश सभामा कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३र३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १/१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत मात्रै हुनेभएपछि विश्वासको मत नपाउने भएका हुन् ।

यता नयाँ गठबन्धनमा आवद्ध एमालेसँग २९, माओवादीसँग १० (सभामुखबाहेक), जसपासँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी हुने देखिन्छ । गठबन्धनले स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्येबाट एक भोट तान्नुपर्छ । लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्नेगरी केन्द्रमा दलहरुले सहमती गरेका छन् ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६