देश

ई सिगरेटमा प्रतिबन्ध लगाइँदै




काठमाण्डौं, २३ चैत्र ।
नेपालमा ई सिगरेटमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. भक्तबहादुर केसीले नेपालमा ई सिगरेटमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए।

उनले नेपालमा युवाहरू माझ ई सिगरेटको प्रयोग बढ्दै गएको र स्वास्थ्यको लागि चुरोट जत्तिकै हानिकारक भएकोले ई सिगरेटमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र नेपाल ३२ लाख ई सिगरेट आयत भएको र २१ करोड मूल्यको व्यापार भएको देखिन्छ। हुक्का र भेप प्रयोगको डिभाइसको मूल्य १० देखि १३ हजारसम्म पर्ने गर्छ।

ई सिगरेटमाथि प्रतिबन्ध लगाउने आशयको पत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइसकेको डा. केसीले बताए।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६