प्रदेश

कपिलवस्तुमा इफ्तार खाना तथा राहत वितरण



कपिलवस्तु, २४ चैत्र । नेपाल भारत मैत्रीसम्बन्ध अमर रहोस् भन्ने उद्देश्यका साथ कपिलवस्तुमा इफ्तार तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ।

लोक कल्याण तालिम नामक संस्थाले कपिलवस्तुको विभिन्न ठाउँमा राहत वितरण तथा र इफ्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री समेत रहेका अकबाल अहमद शाहले नेपाल भारतको सम्बन्ध मजबुत बनाउनका लागि कपिलवस्तुका विभिन्न ठाउँमा इफ्तार र राहत सामग्री वितरण कार्यक्रम अगाडि बढाउनु भएको छ।

मुस्लिमहरूको पवित्र महिना रमजानमा इफ्तारी कार्यक्रम र राहत वितरण कार्यक्रम आयोजना गरेको लोक कल्याण तालिमका प्रमुख तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाहले जानकारी दिनुभयो ।

उहाँले कपिलवस्तुको कृष्णनगर, महाराजगंज, चन्द्रौटा लगायतका क्षेत्रमा इफतार कार्यक्रम आयोजना गर्नु भएको हो ।

नेपाल भारतको सम्बन्धका बारेमा केही व्यक्तिहरूले नकारात्मक प्रचार गरेको हुनाले नेपाल भारत सम्बन्ध एकदमै राम्रो र सुदृढ मजबुत रहेको भन्दै इफ्तार र राहत सामाग्री वितरण गरेको शाहले जानकारी दिनु भयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका अकबालहामा शाहले नेपाल भारतको सम्बन्ध मजबुत रहेको बताउनुभएको ।
रमजान अवधिभर विभिन्न ठाउँमा अवतार र रात सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिँदै आउनुभएको छ । मुस्लिमहरूको पवित्र महिना रमजानमा दिनभरि व्रत बस्ने र साँझको समयमा मात्र खाने कार्यलाई इफतार भनिन्छ ।

राहत र इप्तार कार्यक्रममा सहभागी भएका अधिकांश मुस्लिम समुदायका व्यक्तिहरूले यस्ता कार्यक्रम राम्रो भएको बताएका छन । यस्ता सामाजिक क्रियाकलाप गर्दा आफूहरुलाई निकै खुसी भएको स्थानीयले भनाई रहेको छ ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६