प्रदेश

‘कोरा नारा र भाषणबाट युवा स्वदेश फिर्ता हुदैनन ।’— बलदेव



बुटवल, २५ चैत्र । वैदेशिक रोजगारमा रहेका युवाहरुलाई कोरा नारा र भाषण गरेर स्वदेश भित्राउन नसकिने नेकपा माओबादी केन्द्रका उपमहासचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज चन्द्रपाणी खनाल (बलदेव) ले दाबी गरेका छन । देशको अर्थतन्त्रको एक तिहाई हिस्सा रेमिट्यान्सबाट भित्रने गरेको भन्दै उनले यो विषयमा सरकार गम्भिर हुनुपर्ने उनले बताए । युवाहरुलाई स्वदेश फिर्ता गर्ने कुरा केवल भाषण भन्दा योजना बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनको सुझाव छ । ‘सत्तामा भएको जुनसुकै पार्टी यो विषयमा गम्भिर हुनुपर्छ ।’—उनले भने । यो राष्ट्रको र सबै राजनीतिक दलका नेतृत्वको दायित्व भएको उनले बताए ।

शहिद स्मृति खेलकुद क्लब, शहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा जनयुद्ध दिवस तथा नया वर्ष २०८१ को अवसरमा युवाहरु बिचमा भातृत्व विकास गर्दै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले १८ वर्षदेखी माथि र ४० वर्षमुनिका ३५ लाख युवाहरु बाहिर छन । यसैगरि ३५ वर्षदेखि ५० वर्षसम्मका ४० लाख जनशक्ति बाहिर छन । यो दोष युवाहरुको नभई उनिहरु आफनो कर्म गर्न गएको बताए । अहिले २७ लाख युवाहरु खाडी मुलुकमा रहेको र रेमिट्यान्स साढे २९ प्रतिशत भित्रने गरेको उनले बताए ।

पृथ्वी नारायणले एकिकरणपछिको दोस्रो ठुलो ऐतिहासिक आन्दोलन माओबादी आन्दोलन भएको उनले दाबी गरे । ‘यो ईतिहास पढ्न जरुरी रहेको बताए ।’—उनले भने । केही भुईखुट्वाहरुले सराप्दैमा तिनिहरुले यो आन्दोलनको बदनाम गर्दैमा बदनाम हुनेवाला चिज नभएको उनले बताए । यो ईतिहास कम्युनिष्ट सर्मथकहरु र माओबादी बिरोधी दुबैले नपढी नहुने ईतिहास भएको उनले दाबी गरे । युवाहरु ऐतिहासिक रुपमा पंचायत, बहुदल, दशवर्षको युद्ध , शान्ति प्रक्रिया र गणतन्त्रसम्म आईपुग्दा कति चक्र पुरा गरेका छौ त्यो पढ्न, बुझन जरुरी रहेको बताए ।


कार्यक्रममा क्लबका अध्यक्ष योगेन्द्र गौतमले राजनीतिक दलहरु युवाहरुको समस्यालाई सम्बोधन गर्दै समाजमा अग्रसर गराउन जरुरी रहेको बताए । धेरै निर्वाचन भोगेर अहिलेको युवाहरु अब भने नेतृत्वमा अवसर पाउनुपर्ने उनले बताए । युवाहरु पार्टी जोगाउन सधै अग्रसर रहेपनि आत्मकेन्द्रित केही नेताका कारण पार्टी अहिले धरापमा परेको उनले गुनासो गरे । देशमा भएका धेरै राजनितीक परिवर्तनमा भोगेका र देखेका युवाहरुको योगदानप्रति राजनितिक नेतृत्व चासो नदिएको दुखेसो गरे । शहिदहरुको बलिदानलाई नेतृत्वले अवमूल्यन गर्न नहुने भन्दै सत्तामुखी मोह तोड्न पर्ने बताए ।

कार्यक्रममा नेकपा पुर्वि लुम्बिनी ईन्चार्ज वसन्त श्रेष्ठले जनआन्दोलनमा विभिन्न राजनितिक पार्टीको एकताको स्मरण गर्दै गणतन्त्र ल्याउन सफल भएको बताए । बुटवलको आन्दोलनमा दुई जना मृत्युवरण भएको भन्दै यसबारे थप खोज्न जरुरी रहेको बताए । कम्युनिष्ट पार्टीहरु कमजोर हुने अवस्थामा आएको भन्दै उनले नकारात्मक धारणा चिर्दै अघि बढ्न जरुरी रहेको उनले बताए । आत्मसमिक्षा गर्ने समय आएको उनले बताए । भष्ट्राचारको तुलना गर्दा नेपाली काग्रेस पार्टी पहिलो नम्बर, नेकपा एमाले दोस्रो नम्बरमा रहेको दाबी गर्दै मोबादीभित्र पनि केही समस्या भने रहेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका प्रदेश सभामुख वसन्त घर्ती, नेकपा माओबादी केन्द्रका स्थाई कमिटि सदस्य हकिउल्ला खा, पोलिटब्युरो सदस्य तथा रुपन्देही ईन्चार्ज बामदेव क्षेत्री, केन्द्रका रुपन्देही सहईन्चार्ज सोनिया यादव, यज्ञ पोखरेल, प्रतिष्ठानका अध्यक्ष हरि घिमिरे, शहिद परिवार अध्यक्ष शिवप्रसाद घिमिरे, सचिवालय सदस्य रुपन्देही जिल्ला संयोजक नारायण जिसि ९निर्मल० ले क्लबका सचिव होम विश्वकर्माले शुभकामना दिए ।

प्रकाशित : २५ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६