प्रदेश

जनप्रतिनिधिको संख्या आधा घटाऔँः डा. भण्डारी



बुटवल, २५ चैत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा।चन्द्र भण्डारीले जनप्रतिनिधिहरुको संख्या ५० प्रतिशतले घटाउनु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य भण्डारीले जनप्रतिनिधिसँगै कर्मचारीको संख्या पनि घटाउनु पर्ने बताएका हुन् ।

स्थानीय तहहरुले राम्रो काम गरिरहेको बताउँदै प्रदेश र केन्द्रमा धेरै मन्त्री हुँदा राज्यको बजेट भरी कर्मचारी र जनप्रतिनिधिको तलब जाँदा विकास निर्माणका कामले गति लिन नसेको बताए । उनले माथिल्लो सदनबाट पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गरिनु पर्ने बताए ।

साथै भण्डारीले नेपालको अवस्था विश्लेषण भन्दा बाहिर रहेको बताए । ‘देशको अवस्थाको बारेमा विश्लेषण गर्न सक्ने अवस्था छैन् । जे कामहरु भईरहेको छ त्यो सबै विश्लेषण भन्दा बाहिर नै भएको छ ।’–उनले भने ‘कति बेला कसको सरकार बन्छ र सरकार कति समयसम्म रहन्छ भनेर विश्लेषण गर्न सक्ने अवस्था छैन् ।’ यस्तै राजनीतिक दलमा हुने स्वार्थ केन्द्रित गुटहरुले देशलाई फाइदा नगरेको बताए ।

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई लक्षित गरी डा। भण्डारीले प्रश्न उठेपछि आफै मूल्याङ्कन गर्नु पर्ने बताए ।‘प्रश्न उठेपछि छानविन गर्नु प्रजातन्त्रिक कुरा नै हो । सकेसम्म प्रश्न नउठ्ने गरी काम गर्नु पर्छ । प्रश्न उठेपछि आफै पनि मूल्याङ्कन गर्नु पर्ने हुन्छ ।’–उनले भने ।

साथै अब हुने पार्टीको महाधिवेशनबाट आफू सभापति बन्ने बताए । ‘अबको महाधिवेशनबाट पार्टी सभापति म हुने हो । किन अरुलाई बोक्नु पर्यौ ।’–उनले भने ‘२ वर्ष पछि हुने महाधिवेशनबाट पार्टी सभापति म हुन्छु । संसदीय दलको नेता पनि म नै हुने हो ।’

प्रकाशित : २५ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६