प्रदेश

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं, २५ चैत्र । लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

सरोजले भ्रष्टाचार गरी भक्तपुर तत्कालीन गुण्डु गाविस वडा नं ३ स्थित कित्ता नम्बर १३७४ को २ रोपनी ९ आना एक दाम र कित्ता नम्बर १३७५ को २ आना एक पैसा जग्गा आफ्नो नाममा दर्ता गराएको आरोप छ ।

उनले जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस माग गरी ती प्रोप्राइटरको बैंक खाताबाट जग्गा विक्रेताको बैंक खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी ८० लाख रुपैयाँ पठाइदिएको खुलेको थियो। पछि जग्गा खोजिदिने व्यक्तिले समेत जग्गा धनीको बैंक खातामा ३८ लाख ७ हजार २ सय रुपैयाँ पठाइदिएको खुलेको थियो ।

त्यसैले सरोज भट्टराईलाई ८० लाख विगो कायम गरी कैद सजाय, बिगो बमोजिम जरिवाना र जग्गा जफतको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनकी आमा जनक नन्दनी भट्टराईलाई पनि सरोज भट्टराईलाई हुने सजाय सरह नै मागदावी गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६