प्रदेश

नयाँनयाँ गतिविधि गर्दै आइरहेको हिलवर्टमा पुरस्कार वितरणमा पनि नयाँ शैली



कपिलवस्तु, २६ चैत्र । बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित हिलवर्ट ईङलिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण २०८० जारी छ । शनिबारदेखि सुरु भएको पुरस्कार वितरणअन्तर्गत आइतबार कक्षा ५ सम्मको पुरस्कार वितरण गरिएको थियो । तिनदिनसम्म पुरस्कार वितरण कार्यक्रम राखेको विद्यालयले सोमबार कक्षा १० सम्मको पुरस्कार वितरण गर्ने विद्यालयका प्रिन्सिपल शिवकुमार पोख्रेलले बताए ।

विद्यालयमा नयाँनयाँ गतिविधि गर्दै आइरहेको विद्यालयले पुरस्कार वितरणमा पनि नयाँ शैली अपनाएको छ । साना कक्षामा पास भएका सबै विद्यार्थीलाई मेडलले सम्मान गरेको विद्यालयले युकेजी तह उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका सबै विद्यार्थीलाई टोपी र गाउनमा सजाएको थियो ।

विद्यार्थीहरु गाउनमा सजिँदा कुनै विश्व विद्यालयमा भएको दिक्षन्त समारोह भन्दा कम देखिदैनथ्यो । हर्षित मुद्रामा विद्यार्थी गमक्क परे देख्दा ठ्याक्कै विश्व विद्यालयमा हुने त्यहि दिक्षान्त समारोहको झल्को त्यो दृश्यले दिएको अभिभावकले बताए । कार्यक्रमका अतिथि र अभिभावक यो दृश्य देखेर निकै खुसी भएका देखिन्थे ।

यस्तै नर्सरीदेखि कक्षागत रुपमा होल फस्ट, सकेण्ड र थर्ड भएकाहरुलाई अध्ययन टेवल प्रदान गरेर विद्यालयले नयाँपन दिएको छ । विद्यार्थीलाई घरमा अध्ययन गर्न सजिलो होओस् भनेर विस्तरामै राखेर गृहकार्य र होमवर्क गर्न मिल्ने खालको आकर्षक टेवल प्रदान गरिएको प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताए । यो पुरस्कारपछि अभिभावक र विद्यार्थी दुवै खुसी भएका छन् ।

विद्यालयका अध्यक्ष दीपक खनालले विद्यालय नवीन ढंगबाट अघि बढेको भन्दै विद्यार्थीमा पढ्ने कुरामा हौसला बढोस् भनेर यस्तो शैली अपनाएको बताए । आगामी बर्षमा विद्यालयलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालय बनाउने गरी संचालक समिति लागेको उनको भनाई छ ।

विद्यालयमा विद्यार्थी भर्नामा चाप रहेका कारण समयमै आफ्ना विद्यार्थी भर्ना गर्न अभिभावकलाई खनालको आग्रह छ । कार्यक्रमको संचालन विद्यार्थी र शिक्षक तेज प्रसाद आचार्यले गरेका थिए ।

प्रकाशित : २६ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६