अर्थ-वाणिज्य

नेपालकै पुरानो मूल ढोकाको मर्मत सुधार सुरु



पाल्पा – नेपालकै पुरानो ढोकाको रुपमा लिइने तानसेनस्थित मूल ढोकाको मर्मत सुधार सुरु भएको छ । लामो समयसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण बनेको मूल ढोकालाई पुरानै स्वरुपमा मर्मतसुधार गर्न सुरु गरिएको हो । तानसेनको सित्तलपाटीमा रहेको मूल ढोका १७० वर्ष पुरानो हो । तत्कालित प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुवँरले दरबार परिसरको सुरक्षाका लागि मूल ढोका बनाउन लगाएका थिए । वि।स। १९११ सालमा दरबारको सुरक्षाका लागि पाल्पा दरबार परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको पर्खाल र भित्र हातहतियारसहित सेनाको टोली प्रवेश गर्न मिल्ने ढोका बनाइएको थियो ।
त्यसबेलामा बनेको मूल ढोका जीर्ण भएपछि पुरातत्व विभागले मर्मतसुधारको काम थालेको तानसेन नगरपालिकाले। जनाएको छ । उक्त ढोकाबाट सहनै अन्य मानिस भित्र छिर्न तथा कुनै सामान्य आक्रणबाट भित्र छिर्न नसक्ने गरि बनाइएको थियो । १७० वर्षपहिले नेपालको आन्तरिक सुरक्षा तथा बाह्य सुरक्षालाई ध्यान दिँदै मूल ढोका तथा दरबार परिसरका संरचना बनाइएको थियो । मूल ढोकाको उचाइ पाँच मिटर बढी र चौडाइ तीन मिटर रहेको छ । ढोका बनाउन ठूला काठ र ठूला ढुङ्गाको प्रयोग गरिएको छ ।आगामी २०८१ असार मसान्तभित्र काम सक्ने गरी मूल ढोकाको मर्मतसुधार सुरु भएको तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । मूल ढोका नेपालकै ठूलो ढोका मानिन्छ । यसको मर्मतसुधारका लागि ८१ लाख ९५ हजार १२९ रुपियाँमा ठेक्का लगाइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

मूल ढोका बनेपछि दरबार परिसर आन्तरिक र बाह्य पर्यटकका लागि थप आकर्षक बन्ने अपेक्षा गरिएको छ । अहिले मूल ढोका जीर्ण भएका कारण नियमित ढोका लगाउन समेत अप्ठेरो छ । जीर्ण बनेर मूल ढोकालाई नियमित खोल्न र बन्द गर्न समेत अप्ठेरो रहेको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताउनुभयो । मूल ढोकाको मर्मतसुधार गरेपछि नियमित ढोका खोल्न र बन्द गर्न मिल्ने उहाँले बताउनुभयो ।पाल्पा दरबार परिसरको ऐतिहासिक नक्सा र संरचना बिग्रन नदिने गरी हाल सो क्षेत्रमा नगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा पुरातत्व विभागको लगानीमा पर्खाल लगाउने कार्य भएरहेको छ । तानसेन दरबार परिसरको ढोका र एेतिहासिक सम्पदालाइ इतिहास नमेटिने गरेर संरक्षण गर्नुपर्ने स्थानीय समाजसेवी राजेन्द्र गोपाल सिंहले बताउनुभयो ।

उहाँका अनुसार एेतिहासिक सम्पदा र कलाकृतिलाइ संरक्षणमा सरकारको ध्यान जानु आवश्यक रहेको छ । पाल्पा दरबार परिसरलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी काम भइरहेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । त्यसका लागि नगरपालिकाले दरबार परिसरभित्रका कार्यालय तथा अन्य संरचना हटाउने र पुरानै स्वरुपमा दरबारलाई विकास गर्ने कार्य गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६