प्रदेश

आठौं प्राचीन कपिलवस्तु रात्री महोत्सव सुरु



कपिलवस्तु, २८ चैत्र। कपिलवस्तु सदरमुकाम तौलिहवामा ८ औं संस्करणको प्राचीन कपिलवस्तु महोत्सव सुरु भएको छ । ‘कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, कृषि, उद्योग तथा ब्यापार’ भन्ने नाराका साथ शाक्यमुनि बुद्धको राजधानी कपिलवस्तुमा आठौं प्राचीन महोत्सव मंगलबारबाट सुरु भएको हो ।

तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा संचालित महोत्सवको उद्घाटन पूर्वमन्त्री तथा संघीय सांसद सुरेन्द्रराज आचार्यले गरे । उनले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने जनाए । आचार्यले महोत्सवले समाजमा सचेतना वृद्धि गर्ने गरि काम गर्नुपर्ने बताए । बिश्व अर्थतन्त्रमा पारेको प्रभाव नेपालमा समेत परेको उल्लेख गर्दै कपिलवस्तुको समग्र बिकासका लागि सबै राजनैतिक दलहरु एकैथलोमा उभिनुपर्ने धारणा राखे ।

प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले तौलिहवाको आफ्नै बिविधता र बिशेषता रहेको भन्दै मेला महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने बिश्वास ब्यक्त गरे । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले स्थानीय उत्पादन, कला, संस्कृतिको बिकासका लागि यो महोत्सवले काम गर्नुपर्नेमा जोड दिए । कपिलवस्तुको गौरवको रुपमा चित्रित यस महोत्सवले जिल्लाकै अग्रणी भूमिका खेल्नुपर्ने समेत उनले धारणा राखे ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख उद्धवराज न्यौपाने, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरे, सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डे, नेकपा माओवादी केन्द्रकी नेतृ शान्ती हरिजन, नेकपा एसका जिल्ला अध्यक्ष गीता केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिजयालक्ष्मी सिंह, एमालेका कैलाश अग्रहरी, कांग्रेसका अजिह असरद, पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य लगायतले उत्पादन र उद्यमशीलतालाई लक्ष्य मानेर अगाडि बढ्न अनुरोध गरे । उनीहरुले युवावाई कसरी स्वदेशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

बैशाख ८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी तेस्रो डान्स आइडल लगायतका कार्यक्रम तय छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम, ख्यातिप्राप्त कलाकारबाट दैनिक प्रस्तुति, छमछमी कला केन्द्रको बिशेष नृत्य प्रस्तुती लगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम हुँदैछन् ।

तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी दिपुको अध्यक्षता, संघीय सांसद आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष संदीप श्रीवास्तवको स्वागत मन्तब्य र महासचिव देवेश जैसवालको संचालनमा उद्घाटन समारोह सम्पन्न गरिएको छ ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६