प्रदेश

अब बाणगंगा माध्यमिक विद्यालयलाई कमजोर हुनुे छुट छैनः अध्यक्ष कुँवर



कपिलवस्तु, २८ चैत्र । बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरस्थित बाणगंगा माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर कुँवरले विद्यालयलाई नमुना बनाएरै छाड्ने बताएका छन् । जिल्लाकै पुरानो र ईतिहास बोकेको विद्यालय बाणगंगा मावि रहेको हुँदा यसलार्ई नमुना बनाउने कार्यभार आफूले पाएको कुँवरले बताए ।


मंगलबार विद्यालयले आयोजा गरेको बार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम २०८० को अध्यक्षता गर्दै कुँवरले विद्यालयलाई भौतिक रुपमा चुस्तदुरुस्त बनाउँदै पठनपाठनलाई पनि गुणस्तरीय बनाउँदै लैजाने कुँवरले बताए ।


नेपालभर नै सामुदायिक विद्यालयको नतिजा कमजोर रहेको बताउँदै अध्यक्ष कुँवरले शिक्षकहरुलाई प्रश्न गरे ‘साधारण पढाइलेखाई भएका शिक्षकले पढाउने नीजि स्कुलको पढाई राम्रो हुने, ल भन्नुस् शिक्षक सेवा आयोग पास गरेका तपाईहरु नै हो सामुदायिक विद्यालयमा किन कमजोर नतिजा ?, यो विषय गम्भीर छ, अब सबै मिलेर स्कुललाई नमुना बनाउन लाग्नुपर्दछ ।’

आफू विद्यालयमा आउनुको कारण नै विद्यालयलाई स्तरीय बनाउन रहेको बताउँदै विद्यालयमा कसैले राजनीति गर्न नहुने उनको भनाई छ । उनले भने ‘कसैले मानोस् नमानोस् मेरो उद्धेश्य भनेकै विद्यालयलाई जिल्लाको नमुना बनाउनु रहेको छ । विश्वास गर्नुहोस् अभिभावकले एक बर्षमै नतिजा पाउनु हुनेछ । बिभिन्न निकाय धाएर विद्यालयमा बजेट ल्याउन मेरो प्रयास हुनेछ’, ब्यवस्थापन समितिसंगका केहि कुरा नगरपालिकासंग जोडिएका छन्, समाधान गरेर अघि बढ्नेछौँ , उनले थपे ।

विद्यालयको अध्यक्ष भएपछि उनले १ करोडको अक्षय कोष बनाउने बताउँदै खातामा आफूले १० लाख जम्मा गरिसककेका छन् । उनले यहि अक्षय कोषबाट धेरै विद्यार्थीले छात्रवृत्ति पाउने बताए । उनले स्थान हासिल गर्ने, बिभिन्न पुरस्कार, सम्मान र छात्रवृत्ति पाउने सबै शिक्षक विद्यार्थीलाई बधाई र शुभकामना दिएका थिए ।

कार्यक्रममा पिजीदेखि कक्षा १० सम्मको नतिजा प्रकाशन, बिभिन्न छात्रवृत्ति पनि वितरण गरिएको थियो भने उत्कृष्ट शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्राधानाध्यापक रामप्रसाद भण्डारीले विद्यालयको प्रगति विवरण र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय तौलिहवाका प्रमुख थानेश्वर घिमिरे, पूर्व अध्यक्ष गणेश चौधरी, विद्यालय बयवस्थापन समिति सदस्य हरि पौडेल, रामचन्द्र खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष राम शुभागे थारु, सल्लाहाकार समितिका सदस्यहरु, अभिभावक, विद्यार्थी शिक्षक लगायतको सहभागिता थियो ।

कार्यक्रमको संचालन वरिष्ठ शिक्षक गोविन्द्र पोख्रेलले गरेका थिए भने स्वागत मन्तव्य कुमार थापाले राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सांस्कृतिक कार्यक्रम पनि पस्केका थिए ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६