प्रदेश

सामाजिक सदभावमा जोडः अध्यक्ष शर्मा




कपिलवस्तु, चैत्र २९
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले सांस्कृतिक, धार्मिक महत्व बोकेको इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व इद –उल फित्र (ईद) २०८० सालको अवसरमा एक प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ ।

जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा विशेषगरी इस्लाम धर्मावलम्बीले मनाउने यस इद –उल फित्र (ईद) २०८० सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धमावलम्बी नेपाली दाजु भाई दिदी वहिनीहरु प्रति सु–स्वास्थ्य, दीर्घायूको एवम् समृद्धिको कामना गर्दछौं भनिएको छ ।

जारी शुभकामना सन्देशमा संस्कृतिका माध्यमबाट समाजलाई समुन्नत बनाउन इद –उल फित्र (ईद) ले राष्ट्रिय एकता, धार्मिक संहिष्णुता र सामाजिक सदभाव, एकतालाई बलियो बनाउनका निम्ति सबैमा प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्दछौं जारी सन्देशमा भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६