अर्थ-वाणिज्य

सेवा प्रवाहमा केहि असन्तुष्टि तर विकासका काम गुनासो रहित




सीता बेल्बासे
कपिलवस्तु २९ चैत ।कपिलवस्तुको बाणगंगा स्थानीयहरुले विकास निर्माणका काममा नगरप्रति कुनै गुनासो नभएपनि सेवा प्रवाहमा भने केहि असन्तुष्ठि प्रकट भएका छन् । विहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले पिपरामा अयोजना गरेको बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीले यस्तो वताएका हुन । कार्यक्रममा कमल परियार, सविता पोख्रेल, उषा अर्याल, हेमन्त पौडेल सीता लामिछाने लगायतले बाटो, ढल निर्माण कार्यमा केहि कमी कमजोरी भएको , नदि नालामा अनुगमन नभएको, समयमा कृषकको लागि बिउ, मल नपाएको, विद्युतका तारले सडक छुदा सम्म वाास्ता नगरेको, दुधको उचित मूल्य नपाएको नागरिकले वताएका छन् ।
शैक्षिक क्षेत्रलाई प्रविधि मैत्री बनाउन नसकेको, युवा पुस्तामा मौलाउँदै गएको लागुपदार्थ दुव्र्यसनी नियन्त्रण गर्न नसकेको, खानेपानि फोहोर व्यवस्थापन नभएको, सरकारी अस्पतालको सेवा प्रभावाकारी नभएको, भौगोलिक र जनसख्याको आधारमा बजेट विनियोजन नगरिएको, लगायतका गुनासो गरेका थिए ।स्थानीयहरुको प्रश्नहरुलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले समग्र नगरवासीहरुको समस्यालाई मध्यनजर गर्दै नगरले काम गरेको बताउनुभयो । नगरवासी र नगरको विकासको लागि विशेष योजना र कार्यक्रमका प्याकेजका साथमा आफुहरु अगाडी बढिरहेको उहाँले बताउनुभयो ।
नदी कटान भएका गुनासोमा अनुगमन गरेका उहाँले बताउनु भयो । नगर प्रमुख अर्यालले नगरमा सिमीत स्रोत साधनमा धेरै काम गर्नु पर्ने भएकाले सबैका माग पुरा गर्न नसकेको स्विकार गर्दै आगमी दिनमा सबै क्षेत्रलाई समेटेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनिले बाणगंगा नगरपालिकाको दोस्रो चौमासिक प्रगति समिक्षाको बारेमा बताउदै नगरपालिका अन्र्तगत नगरमा भौतिक प्रगति ६० प्रतिशत र वित्तिय प्रगती ४५ प्रतिशत भएको भएको बताउनु भयो ।
त्यस्तै नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र कुषि शाखा प्रमुख लेष बहादुर के.सी. लगायतले बोल्दै आ आफनो क्षेत्रमा आएका गुनासोहरुलई सम्बोधन गर्दै अगाडी बढेको बताउनुभयो ।कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, नगरपालिका कर्मचारी राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६