प्रदेश

‘इ-ड्राइभ’ले लुम्बिनीमा पनि सेवा दिने



रुपन्देही, २९ चैत्र । काठमाडौँमा गत ६ महिनादेखि सेवा दिँदैआएको इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा पनि शुभारम्भ गर्ने भएको छ । अनलाइन ट्याक्सी तथा बाइक सेवा दिनेगरी इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

बुटवल–भैरहवालगायतका मुख्य शहरमा वैशाखको पहिलो हप्तादेखि सेवा बिस्तार गर्ने इ–ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले बताउनुभयो । उहाँले इलेक्ट्रिक सवारी साधनमा जोड दिनेगरी सेवा सुरु गर्ने बताउँदै लुम्बिनी प्रदेशपछि अन्य प्रदेशमा पनि सुरुवात गर्ने योजना रहेको चर्चा गर्नुभयो ।

अध्यक्ष मास्केले चालकको पहिचान मिल्नेगरी सवारीमा स्टिकर, चालकलाई ज्याकेट समेत उपलब्ध गराइने बताउनुभयो । अनलाइन सवारीमा दुर्घटनामा घाइते भएमा ७० हजार रुपियाँ र मृत्यु भएमा ७ लाख रुपियाँ बराबरको तेस्रो पार्टीबाहेकको इन्सुरेन्स व्यवस्था रहने बताइएको छ ।

इ–ड्राइभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्यगरी बिजुली गाडीलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । सुरुमा बुटवल र भैरहवामा सुरु गर्ने र त्यसपछि कपिलवस्तु, पाल्पा, नवलपरासीको बर्दघाटसम्म चलाइने बताउनुभयो ।

‘नेपाल सरकारबाट निर्धारण गरिएको भाडादर नै कायम गरिनेछ, स्थानीय युवालाई आफ्नै ठाउँमा रोजगारको अवसर दिनेछौँ’ उहाँले भन्नुभयो । हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने कम्पनीले जनाएको छ ।

प्रालिका डाइरेक्टर विशाल भण्डारीले सेवा शुभारम्भको अवसरमा राइडमा ५० प्रतिशत छुट रहने बताउनुभयो । आगामी दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै आउने पर्यटकलाई छिटोछरितो, विश्वासिलो र भरपर्दो सवारीका लागि सुविधा पुगोस् भन्ने सोचसाथ अगाडि बढेको कम्पनीको दाबी छ ।

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६