प्रदेश

कपिलवस्तुबाट निर्मूल भएन हात्तीपाइले, १६ औँ पटक औषधी खुवाइँदै





कपिलवस्तु, ३० चैत्र ।
कपिलवस्तुबाट १५ औं पटक सम्म पनि औषधि खुवाँउदा हात्तीपाइले रोग निर्मूल नभएपछि १६ औँ पटक औषधी खुवाइने भएको छ । यहीँ वैशाख १६ गते बाट १६ औँ पटक औषधी खुवाउँने भएको हो ।

सबैले औषधी सेवन नगर्दा कपिलवस्तुमा हात्तीपाइले रोग विरुद्धको औषधी खाने अभियान १६ औं पटक सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।


सरकारले नै कपिलवस्तु सहित सातवटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत राम कुमार महतोका अनुसार हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो ।
हात्तीपाइले रोग विरुद्ध प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल औषधि खुवाइने महतोले बताए । जनस्वास्थ्य अधिकृत महतोका अनुसार कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आम औषधि सेवन कार्यक्रम चल्ने छ ।


विहीवार जिल्लाका पत्रकारहरू सँग अन्तरक्रिया गर्दै स्वास्थ्य कार्यालयले कपिलवस्तु सहित नेपालमा गतवर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियानलाई निरन्तरता दिइने बताईएको छ ।


अन्तरक्रिया कार्यक्रममा उनले यी जिल्लामा यो वर्ष औषधि खुवाइसकेपछि पुनः अध्ययन हुने र उक्त अध्ययनमा सकारात्मक नतिजा देखिए औषधि खुवाउने कार्यक्रम यसपटकको नै अन्तिम हुने उनले जानकारी दिए ।


हात्तीपाइले निवारण हुनका लागि राष्ट्रिय र जिल्ला स्तरमा माइक्रोफाइलेरियाको दर १ प्रतिशत भन्दा कम वा एन्टीजेनेमियाको दर २ प्रतिशत भन्दा कम हुनुपर्छ । हात्तीपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन ।


जिल्लाका सबै पालिकामा सबैपक्षको सहकार्यमा अभियानले अन्तिम नतिजाउन्मुख रहने गरि अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद चौधरीले बताए । 

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६