समाचार

एक असल कार्यकर्ताको निधनले पार्टीमा अतुलनिय क्षतीः पोख्रेल




कपिलवस्तु, ३० चैत्र ।

नेकपा एमाले पाटी संगठित सदस्य बाणगंगा नगरपालिका वडा नं ६ निवासी स्वः मान बहादुर खनालकोे निधनको शोकमा नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं ६ वडा कमिटीले शोक सभा सम्पन्न गरेको छ । खनालको यहि चैत्र २४ गतेका दिन ६४ बर्षको उमेरमा दुःखद निधन भएको थियो । स्व.खनालकोे निधनको सातौं दिनको स्मृतिमा उहाँकै निवास बाणगंगा ६ भग्लापुरमा शोक सभा सम्पन्न गरिएको थियो ।

स्व. खनालले समाजका लागि गरेको योगदान र संघर्ष स्मरण गर्दै पार्टी कमिटीका पदाधिकारी, सदस्य तथा संगठनका पदाधिकारी, सदस्यहरुले उहाँको तस्बिरमा टिका लगाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

शोक सभाका प्रमुख अतिथि नेकपा (एमाले) पूर्व जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेलले शोक मन्तब्य राख्दै स्व.खनाल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको योगदान अतुलनिय रहेको , र पार्टीको वफादार कार्यकर्ता गुमाउदा पार्टीलाई गम्भिर क्षेती पुगेको बताउनुभयो । शोकमा रहेको परिवारको साथका लागि पाटी सदैव तयार रहेको पनि बताउनुभयो ।

यस्तै शोक मन्तव्य राख्दै जिल्ला सचिवालय सदस्य तथा बाणगंगा नगरपालिका उपमेयर रिता कुमारी चौधरीले मान वहादुर खनालले पार्टी प्रति गरेको त्याग र संघर्षलाई सदैव मार्गदर्शन बनाएर अगाडि बढ्ने बताउदै उहाँको आवश्यकता सधै खड्किरहने बताउनुभयो नेकपा एमाले बाणगंगा नगर कमिटीका अध्यक्ष युवराज पोख्रेलले उहाँको योगदानको स्मरण गर्दै जिवनी प्रस्तुत गर्नुभएको थियो ।


शोक सभामा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य धर्मराज भुसाल, नेकपा (एमाले) प्रदेश कमिटी सल्लाहकार सदस्य वावुराम खनाल ,जिल्ला कमिटि सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण वेल्वासे,जिल्ला कमिटि सदस्य हुमनाथ भट्टराई पार्टी नगर, वडा कमिटीका पदाधिकारी, सदस्य तथा संगठन नगर, वडा कमिटीका पदाधिकारी, सदस्य, आफन्तजनहरुको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष नुमनारायण उपाध्याय तथा बाणगंगा नगर कमिटीका सदस्य प्रकाश भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६