देश

सबल अर्थतन्त्र, जनअपेक्षाः जिल्ला अध्यक्ष शर्मा




कपिलवस्तु, १ वैशाख ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली बुवा, आमा, जादु भाई, दीदी वहिनीहरुमा सु स्वास्थ्य, समृद्धि एवम् दीर्घायूको कामना ब्यक्त गर्नु भएको छ ।

शुभकामना सन्देशमा विस २०८० साल नेपाली अर्थतन्त्रका निम्ति सार्थक बन्न नसकेको जारी शुभकामना सन्देशमा भनिएको छ । शर्माद्धारा जारी सन्देशमा विस २०८१ साल आत्म निर्भर, सवल नेपाली अर्थतन्त्र निर्माण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको जन अपेक्षा पुरा गर्ने तर्फ महत्वपूर्ण उपलब्धिको वर्ष बन्ने विश्वास ब्यक्त गर्दछौं भनिएको छ ।

जारी सन्देशमा नेपाली समाजलाई स्पष्ट दिशा निदृष्ट गर्दै समाज रुपान्तरणका महत्वपूर्ण अभिभारा पुरा गर्ने कार्यमा राजनैतिक दल र सरोकारवालालाई प्रेरणा प्रदान गर्दै अर्थपूर्ण सहकार्यको वातावरण बन्ने कार्यमा नयाँ वर्ष २०८१ साल सार्थक रहनेछ भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले बताउनु भयो ।

प्रकाशित : १ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६