अर्थ-वाणिज्य

आर्थिक वर्षको नौ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै



काठमाण्डौ, ०२ वैशाख ।

चालु आर्थिक वर्ष २०८० र ८१ को तेस्रो त्रैमास सकिदासम्म पुँजीगत खर्च ३२ दशमलव २४ प्रतिशतमात्रै भएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको हो ।

सरकारले समयमै योजना सम्झौता लगायतका काम गरेर आर्थिक वर्षको अन्त्यमा हतारहतार काम गर्ने चलनलाई रोक्ने बताए पनि नौ महिनासम्ममा खर्च निकै कमजोर भएको हो । अब बाँकी तीन महिनाामा ७० प्रतिशत बजेट कार्यान्वयन गर्नुपर्ने भएपछि विकासे कार्यालयहरुमा चटारो बढेको छ । आर्थिक वर्षको अन्त्यतिर हुने कामको गुणस्तर नहुने भन्दै विरोध भइरहँदा पनि सरकारले त्यसलाई सुधार गर्न सकेको छैन ।

सरकारले नौ महिनामा चालुतर्फ भने ५६ दशमलव ४१ प्रतिशत खर्च गरेको छ । अहिलेसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख रुपैयाँ बराबर रहेको छ । बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलनको अवस्था पनि कमजोर छ ।

नौ महिनामा लक्ष्यको ५२ दशमलव पाँच प्रतिशत मात्रै सङ्कलन भएको छ । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख रुपैयाँ असुली भएको छ ।

प्रकाशित : २ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६