प्रदेश

चैते धान रोपाइँमा दाङका किसान व्यस्त



घोराही, ०२ वैशाख । दाङको बङ्गलाचुली गाउँपालिका–४, गहतेरा निवासी मुगा डाँगी अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवारलाई सुकाखोलाको पानीले सिञ्चित भएको करिब चार रोपनी जग्गामा धान रोप्दै हुनुहुन्छ ।

खाली समयमा बस्नुभन्दा पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान खेती रोप्दै आएको डाँगी बताउनुहुन्छ । चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्दै आएकी डाँगीले बर्खे धानको तुलनामा चैते धान राम्रो फल्ने बताउनुहुन्छ । अहिले रोपेको धानमा राम्रो धान लागेको हुन्छ, रोग केही पनि लाग्दैन ।

पहाडी क्षेत्रमा एक बाली मात्रै खेतीले परिवारलाई खानसँगै घरव्यवहार चलाउन समस्या हुने भएकाले सकेसम्म थोरै जमिनबाट धेरै उत्पादन लिनका लागि पनि आफूहरूले प्रत्येक वर्ष चैते धान खेती गर्दै आए पनि स्थानीय सरकारले भने सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

मुगा डाँगी जस्तै गहतेरा निवासी कमला घर्ती पनि चैते धान रोप्दै हुनुहुन्छ ।

खेतमा रोपेको गहुँ बाली भित्र्याएर कमला चैते धान रोप्न व्यस्त हुनुहुन्छ । जिल्लामा चैते धान बङ्गलाचुली गाउँपालिका–३ र ४ र घोराही उपमहानगरपालिका–१ का सुकाखोलाका अधिकांश रोप्ने गरेका छन् । वर्षमा दुई बाली धान खेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट राम्रो आम्दानी लिने गरेको गहतेरा निवासी चुर्ण डाँगी बताउनुहुन्छ । किसानले अहिले रोपेको चैते धान साउनको पहिलो सातातिर पाक्ने गरेको बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार घोराही उपमहानगरपालिका–१, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धान खेती हुने गरेको छ । ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धान खेती हुने गरेको छ ।

प्रकाशित : २ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६