देश

भारत सरकारद्वारा नेपाललाई एम्बुलेन्स र बस उपहार



कपिलवस्तु, ०२ वैशाख। नेपालस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । जस अन्तर्रगत कपिलवस्तुको वाणगङ्गामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालले पनि एम्बुलेन्स उपहारस्वरूप प्राप्त गरेको छ । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थमन्त्री श्री वर्षमान पुनको उपस्थितिमा सो एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरिएको हो । समारोहमा स्थानीय निकायका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक नेता, सरकारी पदाधिकारी र समाजसेवीको उपस्थित थिए ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामा दूतावासका प्रतिनिधिले यसअघि नै दुई एम्बुलेन्स स्थानीयलाई नै हस्तान्तरण गरेका थिए । तीन दशकदेखि नै भारत सरकारले स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरूप प्रदान गर्दै आएको छ ।

अर्थमन्त्री पुनले भारतको यस्तो सहयोगले दुवै देश बिचको जनसम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिएको उल्लेख गरे । उनले यस्ता कार्यक्रम नेपाली जनतालाई फाइदा पुर्‍याउने पनि बताए ।

कार्यक्रममा राजदूत श्रीवास्तवले स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार विकासमा यो पहलले भारत–नेपाल विकास साझेदारीलाई सुदृढ बनाएको बताए । उनले यस कार्यक्रमले भौगोलिक विकटताका बाबजुद जनजीवनलाई सरल र विकास यात्रालाई मद्दत पुर्‍याएको पनि बताए । भारतले सन् १९९४ देखि हालसम्म नेपाललाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार गरिसकेको छ ।

प्रकाशित : २ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६