देश

राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु



काठमाडौं, ०३ बैसाख । राप्रपाले एक साताअघि काठमाडौंमा गरेको आन्दोलनका क्रममा प्रहरीले हानेको अश्रु ग्यासले अस्वस्थ बनेका बर्दियाको मधुवनका ठाकुरप्रसाद डाँगीको निधन भएको छ।

गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी हुँदा प्रहरीको अश्रुग्याँसबाट राप्रपा मधुवन नगर कार्यसमितिका अध्यक्ष डांगीको स्वास्वप्रश्वासमा समस्या देखिएको थियो। ​

​अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा आज बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनको शवलाई श्रद्धाञ्जलीका लागि आज मध्यान्ह १२ बजे राप्रपा कार्यालयमा चाबहिलमा राखिने प्रवक्ता श्रेष्ठको भनाइ छ। राप्रपाले राजसंसस्था पुनःस्थापना, संघीयता खारेजी लगायत ४० बुदे माग सहित आन्दोलन घोषणा गरेको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६