प्रदेश

आगो निभाउने क्रममा एकको मृत्यु



गुल्मी, ०३ वैशाख । गुल्मीमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका– १ पौदीको जङ्गलमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्योदय माध्यमिक विद्यालयको जग्गा समेत रहेको जङ्गलमा आगो निभाउनको लागि घर्ती आइतबार बिहान ११ः३० बजेको समयमा जङ्गलमा जानुभएको थियो ।

सोही क्रममा तलबाट आएको आगोको मुस्लोमा परी घर्ती करिब डेढ सय मिटर तल लड्नुभएको थियो । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका घर्तीलाई थप उपचारको लागि तम्घास अस्पताल ल्याए पनि अस्पतालले मृत घोषणा गरेको छ ।

त्यस्तै, आगोमा परि सोही ठाउँका ५२ वर्षीय रेशम थापा घाइते हुनुभएको छ । उहाँ भीरबाट ४० मिटर तल लड्नुभएको थियो । उहाँको टाउको र निधारमा चोट लागेको छ । उहाँको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६