ब्रेकिंग न्युज

लुम्बिनीमा विषयगत समितिका ७ सभापतिको निर्वाचन मिति घोषणा




रुपन्देही ४ बैशाख । लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति छान्नका लागि निर्वाचनको मिति घोषणा भएको छ ।प्रदेशसभाले सोमबार सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो । सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । दलहरूबीच भागबन्डा मिलेलगत्तै निर्वाचन मिति तोकिएको हो । सूचनामा ५ गते बिहान मनोनयन दर्ता हुने जनाइएको छ भने सोही दिन निर्वाचन हुनेछ ।

प्रदेशमा सार्वजनिक लेखा, अर्थ उद्योग तथा पर्यटन, सामाजिक विकास, भौतिक पूर्वधार विकास, प्रदेश मामिला तथा कानुन, कृषि वन तथा वातावरण तथा विशेषाधिकारी समिति रहेका छन् । यी समितिको नेतृत्वका लागि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।

एमालेले तीन, माओवादीले दुई र नेपाली कांग्रेसले २ वटा सभापति पाउने सहमति भएको छ । यसका लागि सोमबार सभामुख तुलाराम घर्तीले मगरले समितिका केही समितिका सदस्यहरूलाई हेरफेर गरेका छन् । दलहरुबीच गठबन्धन फेरिने र भागवण्डा मिलाउन समस्या परेपछि १७ महिनादेखि संसदीय समितिका सभापति चयन भएका थिएनन् ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६