प्रदेश

भैरहवाबाट २७२ किलो गाँजा बरामद




भैरहवा, ०४ वैशाख ।
सशस्त्र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको विशेष सूचनाको आधारमा भैरहवाबाट दुई सय ७२ किलो गाँजा बरामद भएको छ।

ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण, रुपन्देहीले मंगलबार बिहान सो गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले जानकारी दिए। युपी ७८ बिटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाएर ल्याएको गाँजा गणबाट खटिएको टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका– ४ बाट बरामद गरेको थापाले बताए।

कन्टेनरमा लुकाएर भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुलनजिकैबाट बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि प्रहरीलाई बुझाइने थापाले बताए। कन्टेनरको चालक सिटभन्दा माथिको फल्स बटमभित्र लुकाएको अवस्थामा गाँजा बरामद गरिएको थियो।

सशस्त्र प्रहरीले भारतको पन्जावस्थित लुधियाना जिल्ला नम्बर १० भावदीप सिंहनगर बस्ने चालक सतनाम सिंहलाई नियन्त्रणमा लिएको छ। चालकबाट एउटा नेपालको एनसेल र भारतीय एयरटेल कम्पनीको सिमसमेत बरामद भएको छ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६