प्रदेश

लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण



दाङ, ०५ वैशाख ।

लुम्बिनी प्रदेशका ७ वटा विषयगत समितिका सभापतिहरूले सपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेशसभाको सचिवालयमा सभामुख तुलाराम घर्तीले सपथ ग्रहण गराएका हुन् ।

लुम्बिनी प्रदेशका ६ वटा विषयगत समिति र १ विशेषाधिकार समिति गरी ७ वटा समितिमा निर्विरोध रूपमा सभापति चयन भएसंगै बुधबार संसद सचिवालयमा सपथ तथा पदभार गराइएको छ । दलहरुकाबिच सहमति गरी विषयगत समितिको भागबण्डा गरी सभापति टुङ्गाइएको थियो ।

जस अनुसार प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १९१० का सांसद विश्वप्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिको सभापतिमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २९२० का सांसद रामजीप्रसाद घिमिरे रहेका छन् ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १९१० राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी सांसद माया पुन र विशेष अधिकार समितीको सभापतिमा कपिलबस्तुका सांसद गिरीधारीलाल न्यापाने रहेका छन् । ६ वटा विषयगत समिती भएपनि दलहरुले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यस पटकदेखि नयाँ व्यवस्था गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

यता सभापतिहरूले सपथ ग्रहण गरेसंगै आजै पदभार ग्रहण समेत गरेका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै बिषयगत समितीका सभापतिहरूले अब संसद र सरकारको कामलाई तीब्र गतिमा अगाडि बढाउने गरी काम गर्ने बताए । उनीहरूले सभापति चयन संगै संसदले अब बिजनेस पाउने बताए । संसदमा सांसदहरूले उठाउनु भएको बिषयहरूमा बिषयगत समितीमा छलफल गरेर कामहरूलाई तीब्रता दिइने समेत बताए ।

लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशको विषयगत समितीमा दलहरुबीच भएको सहमति अनुसार एमालेले विषेशअधिकार सहित ३ वटा समिती, प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले २ वटा र माओवादी केन्द्रले २ वटा समितीको नेतृत्व गर्ने सहमतिमा सभापति चयन गरिएको थियो । गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितीमा रहने सदस्यहरुको टुंगो लगाए पनि समितीको सभापतिको टुंगो भने १७ महिना सम्म लाग्न सकेको थिएन ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६