प्रदेश

बाणगङ्गा माविलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गराउन सरोकारवाला एकजुट



कपिलवस्तु, ०५ वैशाख। बाणगंगा ४ ठाकुरापुरस्थित बाणगंगा माध्यमिक विद्यालयलाई राजनैतिक हस्तक्षेपबाट मुक्त बनाउन सरोकारवाला सबै एक ढिक्का भएका छन् । बुधबार विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, सल्लाहाकार, पत्रकार लगायतको लामो वैठकमा जिल्लाको पुरानो विद्यालयलाई नमुना बनाउन पहिलो सुरुवात राजनैतिक हस्तक्षेप बन्दबाट हुनुपर्नेमा सबैले जोड दिए ।

४९ बर्ष पुरानो विद्यालयको गतिविधि र नतिजा जिल्लामै राम्रो रहेको तर आगामी दिनमा अघि बढ्न थप चुनौति रहेका कारण अब पुरानै शैलीले विद्यालय चल्न नसक्ने सबैको निष्कर्ष छ ।

वैठकको अध्यक्षता गर्दै ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुँवरले आफ्नो कार्यकालसम्म विद्यालयमा राजनीति हुने कुरा कल्पनासम्म नगर्न सबैलाई आग्रह गरे । उनले भने, ‘अब यहाँ कसैले राजनीति गर्छु भन्ने सोचेको छ भने आजै त्यो विचारलाई अन्त्य गरिदिनुहोस् । म यहाँ आएको राजनीति गर्न होइन विद्यालयलाई नमुना बनाउन हो । शिक्षक भर्तीदेखि कुनै पनि कार्यमा सबैको सल्लाहमा हुन्छ । विद्यालय अहितका कुरा ब्यवस्थापनले सुन्दैन । राम्रा शिक्षक राखिन्छ, कसैको पार्टीका शिक्षक भनेर सिफारिस हुँदैमा उनीहरुको नियुक्ति हुनुपर्दछ ।’

‘ब्यवस्थापनदेखि शिक्षकसम्म कसैले पनि विद्यालयमा राजनीति गर्नु हुँदैन । विद्यालयको सुधारको लागि केके गर्नुपर्दछ भन्नुस् समिति तयार छ । ब्यवस्थापन समितिले प्रयास गर्ने तर शिक्षकले इमान्दारिता नदेखाउने हो भने लक्ष्य पुरा हुँदैन’, उनले थपे ‘सकेसम्म विद्यालय सम्बद्ध सबैले आफ्ना छोराछोरी यहिँ भर्ना गरौँ । यदि गरिएन भने यो आफैप्रतिको अविश्वास हो । अहिले यहाँ भर्ना गर्न नसकिए पनि आगामी बर्षसम्म शिक्षक, समितिका सदस्य, सल्लाहाकार, प्रअ सबैका बालबालिका यहाँ नै पढ्ने खालको बातावरण गराउने गरी सबै लागौँ । सबै सम्भव छ ।’

बैठकमा सल्लाहाकार सदस्यहरु टेक बहादुर शाही, गणेश बहादुर क्षेत्री, दल बहादुर कुँवर, इन्दिरा भट्टराई, चन्द्रकान्त न्यौपाने, सदस्य हरि पौडेल, शिक्षकहरु ज्ञानराज अर्याल, कुमार थापा लगायतले सुझाव सल्लाह राखेका थिए ।
विद्यालयको गुणस्तर राम्रो बनाउन र राजनीति हावी हुनबाट बचाउन सबै दलका साथीहरु शुद्ध मनले लागुपर्नेमा सल्लाहाकार टेक बहादुर शाहीको आग्रह छ ।

सल्लाहाकार गणेश बहादुर क्षेत्रीले विद्यालयको समितिलाई नमान्ने नगरपालिका र तयो तपकासंग पनि सल्लाह गर्दै एक भएर जानुपर्ने बताउादै त्यस्ता ब्यवधान तुरुन्त फुकाउनुपनर्मो जोड दिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष राम शुभागे थारुले विद्यालयको अकाउण्टदेखि हरेक क्षेत्रलाई प्रविधिमय बनाउनु पर्ने सुझाउँदै विद्यालय परिसरभित्र राजनीति गर्न नहुनेमा जोड दिए ।

शिक्षक अर्याल र थापाले विद्यालयको पठनपाठनदेखि गुणस्तर कायम गर्ने सवालमा कुनै चिन्ता नलिन आग्रह गर्दै समितिले शिक्षक पदपुर्ति, भौतिक पूर्वाधार निर्माण लगायतमा ध्यान दिन आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद भण्डारीले विद्यालय कमजोर नभएको, राजनीति हावी नभएको बताउँदै बैठकमा आएका सुझाव सल्लाह अनुसार अघि बढ्ने बताए । उनले आगामी दिनमा विद्यालयमा धेरै परिवर्तन हुने विश्वास दिलाए । वैठकको संचालन शिक्षक माधव प्रसाद घिमिरेले गरेका थिए ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६