प्रदेश

लुम्बिनी प्रदेशमा ९ महिनामा ३४ प्रतिशत मात्रै बजेट खर्च



कपिलवस्तु, ०५ चैत्र । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा जम्मा ३४ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा प्रदेश सरकारले ३४.३० प्रतिशत बजेट खर्च गरेको हो ।

प्रदेश सरकारले पुँजीगततर्फ जम्मा ३२।९८ प्रतिशतमात्रै खर्च गरेको छ । चालुतर्फ ३६।९ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश सरकारको पुँजीगत तर्फको बजेट कार्यान्वयन निराशाजनक हुँदा बजेट खर्च कम देखिएको हो । चालु आर्थिक वर्षको अन्त्यतिर आउँदा यहाँ विकासे मन्त्रालयहरूको पुँजीगत खर्च सन्तोषजनक छैन । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख दीपक ज्ञवालीले सरकारले अपेक्षा गरे अनुसार पुँजीगत खर्च गर्न नसकेको बताए ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६