प्रदेश

बाँकेको बाहुबली हर्बल उद्योगमा आगलागी




बाँके, ०६ वैशाख ।
बाँकेको हर्बल उद्योगमा आगलागी भएको छ। बिहीबार बिहान ७ बजे जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए।

उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको उनले बताए। मुख्य गोदाम भने सुरक्षित रहेको डिएसपी डाँगीले जानकारी दिए। अहिले आगो निभाउने काम भइरहेको उनले बताए।

‘आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। करिब ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ,’ उनले भने। आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको डिएसपी डाँगीले जानकारी दिए।

आगलागीबाट मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आएपछि भौतिक क्षतिबारे थाहा उनले उनले बताए। विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६