प्रदेश

जिल्ला नेतृत्व सर्वसम्मतः नेता भट्टराई

एमाले जिल्ला अधिवेशन वैशाख २७ र २८ मा सम्पन्न हुने




कपिलवस्तु , वैशाख ६ गते ।
नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले नेकपा (एमाले) कपिलवस्तुको वैशाख २७ र २८ मा हुने जिल्ला अधिवेशबाट जिल्ला नेतृत्व सर्वसम्मत चयन हुने बताउनु भएको छ । जिल्ला इन्चार्ज भट्टराईले पार्टी नेता, कार्यकर्ताको भावना अनुसार खुलस्त छलफल गर्दै पार्टी नेतृत्व चयन गर्ने जिकिर गर्नु भयो । नेता भट्टराईले युवा नेतृत्व निर्माण प्रति लक्षित गर्दै राजनैतिक वैचारिक परिपक्कता हुनुपर्नेमा जोड दिनु भयो । कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काममा पार्टीले ध्यान पु¥याउने जिकिर गर्नु भयो ।

नेता भट्टराईले एमाले जिल्ला सचिवालयको आठौं वैठकलाई बुधबार मदन आश्रित स्मृति भवन तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुने भएको छ । अधिवेशन यही वैशाख २७ र २८ गते शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न गर्ने निर्णय गरेका एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले जानकारी दिनु भयो । ५ सय बढी प्रतिनिधीहरुको सहभागिता रहने जिल्ला अधिवेशनको प्रतिनिधी छनोट एकै दिन वैशाख १९ गते सम्पन्न हुने एमाले जिल्ला सचिव एवम् संगठन विभाग प्रमुख सिवि गहतराजले जानकारी दिनु भयो । वैठकले ब्यापक जन परिचालनमा जोड दिएको जिल्ला उपसचिव शुसिला दरलामीले जानकारी दिनु भयो । सम्पन्न वैठकले नेकपा एमालेका केन्द्रिय सदस्य एवमे लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको सभापतिमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गरेको एमाले कपिलवस्तुले जनाएको छ ।


वैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले कार्य सूची प्रस्तुत गर्नु भएको थियो । कार्य सूची प्रस्तुत गदै एमाले जिल्ला अध्यक्ष डम्मर शर्मालेले आगामी जिल्ला अधिवेशन स्वच्क्ष, मर्यादित रुपमा सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पार्टी संगठन थप सुदृढीकरणमा जोड दिनु भयो ।


वैठकमा एमाले केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री वृजेश कुमार गुप्ता, एमाले केन्द्रिय शुसिल कुमार श्रीवास्तव, केन्द्रिय सल्लाहकार रामलाल काफ्ले, टिकाराम अर्याल, एमाले लुम्बिनी एमाले नेता झविलाल पोख्रेल, बाबुराम आचार्य, नेत्रराज अधिकारी, धर्मलाल श्रीवास्तव, गोपाल थापा, बिमला चौधरस्, लक्ष्मी सारु मगर, बाबुराम खनाल, द्रोणराज सुवेदी, जगदिश गुप्ता, मेराज खान, धनु अधिकारी, लाल बहादुर सुनार लगायतको आतिथ्यता रहेको एमाले कपिलवस्तुले जनाएको छ । वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत मन्तब्य जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले बताउनु भयो ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६