प्रदेश

पन्थी परिवारको राजनैतिक, सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदानः नेता भट्टराई



कपिलवस्तु , वैशाख ६ गते ।
नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुले स्व. इन्द्रकुमारी पंथीको संझनामा पंथी निवास लक्ष्मीनगर, बुटवलमा शोक सभा सम्पन्न गरेको छ । स्व. इन्द्रकुमारी पंथीले नेपाली राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक परिवर्तनका निम्ति निकै महत्वपूर्ण योगदान पु¥याउनु भएको नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले चर्चा गर्नु भएको छ । युवा नेता भट्टराईले स्व. इन्द्रकुमारी पंथीका अनुकरणिय कार्यलाई पार्टीले आत्मसाथ गर्ने बताउनु भयो । एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले स्व. इन्द्रकुमारी पंथीले परिवारलाई उचित शिक्षा, दिक्षा दिदा पंथी परिवार आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा सवल एवम् सक्षम बन्न सकेको धारणा राख्नु भयो । श्रद्धाञ्जली सभामा स्व. इन्द्रकुमारी पंथी प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उहाँको तस्वीरमा माल्यापर्ण गरिएको थियो ।


स्व. इन्द्रकुमारी पंथी नेकपा (एमाले) केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथी, शैक्षिक ब्यक्तित्व हिमालय पंथी, छोरीहरु सीता, सरस्वती र मनुकी ममतामयी माता हुनुहुन्छ ।


श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रिय नेता, प्रदेश सभा सदस्य, नगर प्रमुख, प्रदेश तथा जिल्ला स्तरका नेता, कार्यकर्ता, शुभेच्क्षुक एवम् स्थानियबासीको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, सचिव सिवि गहतराजको संचालनमा सम्पन्न कार्यक्रममा एमाले बाणगंगा नगर कमिटी अध्यक्ष यूवराज पोख्रेलले जीवनी बाचन गर्नु भएको थियो । शोक सभा बुटवल स्थित लक्ष्मीनगरमा विहीबार सम्पन्न भएकोे एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६