प्रदेश

शैक्षिक क्षेत्र सुधारको माग राख्दै नेविसंघले बुझायो पालिकालाई ज्ञापन



बाणगंगा, ०६ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५औँ स्थापना दिवसमा कपिलवस्तुका १० स्थानीय तहलाई क्षेत्र सुधारको माग राख्दै सुझावसहितको ज्ञापन पत्र बुझाएको छ ।

नेविसंघका जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेलले जिल्लाका १० वटै पालिकामा शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको बताए ।


विहिबार बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याललाई अध्यक्ष पोख्रेलसहित नेपाल कांग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरी, नेपाली कांग्रेस बाणगंगाका सचिव सुर्यप्रसाद बराल तथा विधार्थी नेताहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

यसैगरि नेविसंघले जिल्लाका अन्य पालिकामा पनिसुझावसहितको ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मेयर अर्यालले नेविसंघको माग अनुसार ‘स्किल अफ फ्राइडे’ र लागू औषध मुक्त नगरपालिका बनाउने तयारीमा लाग्ने बताए ।

उनले बाणगंगामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरेता अझै थुप्रै विषयहरूमा काम गर्नुपर्ने बताए ।

विहिबार देशभरका पालिकामा नेविसंघले केन्द्रीय समितिको निर्णयअनुसार १७ बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६