प्रदेश

कपिलवस्तुमा अपहरण पछि पुरुषको हत्या



कपिलवस्तु, ०७ बैशाख । कपिलवस्तुमा एक पुरुषको अपहरण पश्चात् हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका २ अभिराव स्थित बिद्यालय (मदरसा)को कोठाभित्र हत्या गरि बाँधेर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

अभिराव स्थित एक मदरसामा हातखुट्टा बाँधेर कुटपिट गरि हत्या गरिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो । मोटरसाइकलमा आएका तीन जनाको समूहले भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ बर्षीय जमाल अहमदको अपहरण पश्चात हत्या भएको जनाइएको छ ।

शंका लागेर नियन्त्रणमा लिइएका तीन जनाको समूह नै हत्यामा संलग्न रहेको पाइएको प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले बताए । घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६