प्रदेश

अर्घाखाँची बस दुर्घटना १ को मृत्यु , १७ जना घाईते



अर्घाखाँची, ०७ वैशाख । अर्घाखाँचीमा बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिकामा बिहिबार भएको बस दुर्घटनामा परि दुर्घटनामा परि १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शितगंगा ८ लाहापेका १३ वर्षिय प्रज्वल बुढाथोकी रहेका छन । दुर्घटनामा गम्भीर घाईते भएका बुढाथोकीको गएराति चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

सुपादेउराली दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटनामा परेको थियो । घाईते सबै दाङ गढवा १ का रहेका छन् । घाइते १७ जनाको बुटवलमा विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

बस ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६