देश

सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते



काठमाडौँ, ०७ वैशाख ।

सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए।

‘दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा तर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज ९शुक्रबार० बिहान धारावतीमा दुर्घटनामा परेको हो,’ डीएसपी भट्टराईले भने, ‘तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ५२ जना घाइते छन्। त्यसमध्ये सात जनाको अवस्था गम्भीर छ।’

शुक्रबार बिहान साढे सात बजे बस दुर्घटनामा परेको हो। उनले मृतक र घाइते कसैको पनि नाम नखुलेको बताए।

बस सडकबाट झण्डै १०० मिटर तल खसेको छ। ‘अहिले घटनास्थलमा उद्धारको काम चल्दैछ,’ डीएसपी भट्टराईले भने, ‘गम्भीर अवस्थाका सात जना घाइतेलाई थप उपचारको लागि बाह्रबिसेतिर ल्याइँदैछ। बाँकी ४५ यात्रुलाई उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।’

बसमा ५५ जना सवार रहेको अनुमान प्रहरीले गरेको छ। ‘बस मुनी कोही च्यापिएका छन् कि भनेर बस पल्टाएर हेर्ने काम हुँदैछ,’ उनले भने।

बेहुला बेहुली सोही बसमा थिए कि थिएनन् भन्ने पनि नखुलेको उनले बताए। ‘बेहुला बेहुली, मृतक, घाइते कसैको नाम खुलेको छैन। हामी थप बुझ्दै छौँ,’ उनले भने।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६