प्रदेश

सुस्मिता हत्याकाण्डः भोलि वृहत् प्रदर्शन, सहभागि हुन पीडितको आग्रह



कपिलवस्तु, ०७ वैशाख। बाग्मती प्रदेशको हेटौँडामा भएको चर्चित सुस्मिता हत्या काण्डलाई लिएर कपिलवस्तुमा भोलि वृहत् प्रदर्शन हुने भएको छ । कपिलवस्तुबाट विहे भएर हेटौँडा पुगेकी वडा नम्बर ८ बोडगाउँकी सुस्मिता केसीको परिवारको मिलीमतोमा विभत्स हत्या भएको थियो । तर अहिले उक्त घटनाको मुख्य योजनाकारलाई नै अदालतले सफाइ दिएको भन्दै त्यसैको विरोधमा प्रदर्शन हुन लागेको हो ।

सुस्मिताको न्यायका लागि संघर्ष समिति कपिलवस्तुले घटनाका योजनाकारलाई कुनै हालतमा उन्मुक्ति नदिइयोस् भन्ने दबाब सिर्जना गर्न वृहत् प्रदर्शन कार्यक्रम राखिएको जनाएको छ । समिति अध्यक्ष अम्बिका पौडेलले विहान ८ बजे वडा नम्बर २ स्थित इलाका प्रहरी कार्यालयअघि जम्मा भएर धर्ना दिने र प्लेकार्ड र नारासहित ४ नम्बर चोकमा आएर कोण सभा गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।

उनका अनुसार भोलिको प्रदर्शनमा ठाउठाउँबाट हजारौँ मानिस जम्मा हुने छन्, यसको लागि वडा, विद्यालय लगायतलाई सुचना दिइएको छ ।

पीडितका ठुला बुबा हेम खड्काले सुस्मिताको न्यायको लागि अब ज्यानको बाजी लगाउनसमेत तयार रहेको बताए ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ की २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साढे २ वर्षपछि हत्यामा संलग्न चारजनालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला गरेको थिया । सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई हत्याको कसुरदार ठहर गरी जन्मकैद अर्थात जनही २५ वर्षको कैद हुने फैसला गरे पनि ज्वाई अरुण र उनकी श्रीमती दुर्गा कार्कीलाई उच्च अदालत हेटौँडाले सफाई दिएको छ ।

पीडित परिवारले घटनाका मुख्य योजनाकार नै तिनै दुर्गा र अरुण नै रहेको भन्दै तिनलाई सफाई दिन नहुने बताउँदै आएका छन् । जिल्ला अदालतले जन्म कैदको फैसला गरे पनि उच्च अदालतले मुख्य योजनाकारलाई सफाई दिएर आफूहरुमाथि ठुलो अन्याय गरेको हुनाले अन्तिम लडाइस्वरुप दबाब थालेको खड्काले बताए ।

कपिलवस्तुको प्रदर्शनपछि अब आफू काठमाडौँमा धर्ना बस्ने खड्काको चेतावनी छ । अदालतको मानहानी गर्न नभई आफू र सुस्मिताको न्यायको लागि यो दबाब कार्यक्रम गरिएको उनको प्रष्टिकरण छ ।

सुस्मिताकी आमा गंगा केसीले विगत ४ बर्षदेखि लड्दालड्दै आफूहरु पनि सिद्धिन लागेको अवस्थामा अदालतको फैसलाले झन् दुखि बनाएको भन्दै सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् । बिभिन्न दबाब र प्रभावले घटनाको मुख्य योजनाकारलाई उन्मुक्ति दिने गरी उच्च अदालतले फूर्णपाठ देला भनेर आफूहरुले कल्पनासम्म नगरेको केसी बताउँछिन् ।

आफ्नी छोरी अब आफूले नपाए पनि मुलुकभरका सुस्मिताजस्ता हजारौँ छोरीहरुको न्यायको लागि यो अभियान गरिएको गंगा केसीको भनाई छ । यो कार्यक्रमपछि थप दबाबको कार्यक्रम गरिने भएकाले अधिक संख्यामा सहभागिताको लागि सबैलाई आग्रह गरिन् ।

अभियानमा सुरुदेखि लागेका राष्ट्रिय स्वयम् सेवक सघका अध्यक्ष खेमराज पौडेलले सबै जुटेर दबाब सिर्जना गनुृको विकल्प नभएको बताए । उनले काठमाडौँ पनि संघर्षसमिति बनिसकेको बताउँदै अब आन्दोलन झन् चर्कने चेतावनी दिए । पति वियोगमा रहेकी क्षेत्रीको हत्या तत्कालिन समय ठूलो विमा रकम हत्याउन बुहारीकै हत्या गरिएको तथ्य छ । २०७६ वैशाख १८ गते सुस्मिताले प्रकाशका छोरा रूपेन्द्र थापासँग बिवाह गरेकी थिईन् ।

बिबाह भएको ६ महिनापछि अर्थात असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको निधन भएको थियो । त्यसपछि ७७ असार २ गते उनको विभत्स हत्या भएको थियो । ठुलो विमा रकम हत्याउन सुस्मिताको हत्या गरिएको प्रहरीको तथ्य छ ।

प्रकाशित : ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६