प्रदेश

नवलपरासीमा आगलागीबाट १४ परिवारको घरगोठ जल्यो



नवलपरासी, ०८ वैशाख । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका पडरी गाउँमा भएको आगलागीमा १४ परिवारको घरगोठ जलेको छ ।

हिजो दिउँसो ४ बजेतिर स्थानीय एउटा पसलबाट सल्केको आगोले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर–६ पडरी गाउँका चन्द्रिका धोबी, चन्ना धोबी, भिखारी धोबी, रामवृक्ष धोबी, बुलाकी धोबी, कमरूद्दीन अन्सारी, राजेश धोबी, केश महम्मद, इजहार अन्सारी, अहमद अन्सारी, नुरूलहोदा पठान, इद्रिश पठान र कोइल पठानलगायतको गरी १४ जनाको घरगोठमा क्षति भएको वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिनुभयो ।

आगलागीबाट घरमा रहेका कपडा, गरगहना, नगद जलेका छन् । आगो रामग्राम र बर्दघाट नगरपालिकाको दमकल तथा स्थानियबासिन्दा र प्रहरीको सहयोगमा बेलुका नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६