प्रदेश

पाल्पामा जिप दुर्घटना, १२ जना घाइते



पाल्पा, ०८ वैशाख। पाल्पामा सवारी दुर्घटना हुँदा निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । लु १ ज २५३५ नम्बरको जिप शुक्रबार राति ९ बजेतिर जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । उनीहरूमध्ये सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । जिप सडकको छेउमा पिल्टएको अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६